राष्ट्रिय भलिबल खेलाडी धिरोज अब मिस्टर सुप्रानेशनल नेपाल

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले मिस्टर सुप्रानेशनल नेपाल २०२४ को उपाधि जितेका छन्। अब उनी आगामी जुनमा पोल्यान्डमा हुने मिस्टर सुप्रानेशनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनी जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन्।

प्रज्ञा भवन, कमलादीमा आयोजना भएको प्रतियोगिताका लागि धिरोजले अन्य प्रतिस्पधिहरुसंगै करिव एक महिना प्रशिक्षण लिएका थिए ।

यसअघि उनले मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए। धिरोज नेपाली राष्ट्रिय भलिबल खेलाडी हुन्। सन् २०२३ चीनमा भएको एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यु गरेका थिए। त्यसतै त्यसपछि भएको काभा भलिबल प्रतियोगितामा पनि नेपालबाट खेलिसकेका छन्।

साथै उनले सन् २०२२ मा नेपाली राष्ट्रिय अण्डर २३ टोलिका कप्तान समेत गरिसकेका छन्। बांगलादेशमा भएको उक्त खेलमा धिरोजले टोलीको नेतृत्व गरेका थिए।

बाल्यकालदेखि स्थानियस्तरमै भलिबल खेल्न सुरु गरेका बस्नेतले खेलकुद तथा मोडलिङलाई एकसाथ अघि बढाउने लक्ष्य दिएका छन् । भरतपुर चितवनका ६ फिट दुई ईन्च अग्ला बस्नेत गोल्डेन डेट कलेजमा स्नातक तहमा अध्ययनरत छन् ।

Source : https://www.khasokhas.com/203787