मातातीर्थ औसीको दिन बिहानै वृद्धाको हत्या

बिराटनगर । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन्। ६८ वर्षीया विष्णुमाया विष्टलाई गएराती राती चोरले रडले हिर्काएर हत्या गरेको हुन् सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

वृद्धाको शव घरभित्र रहेको जानकारी पाएपछि झापाका एसपी मिलन केसीले आफै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्। घटना शङ्कास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली पनि मगाईएको प्रहरीले जनाएको छ। कुकुरसहितको टोली आइपुगेपछि वास्तविक पत्त लाग्ने प्रहरीको भनाइ छ।

स्थानीयहरुका अनुसार राती चोर आएको र गाउँलेहरु मिलेर चोरलाई लखेटेको र पछि त्यहिँ चोरले वृद्धाको हत्या गरेको हुनसक्ने बताईएको छ। वृद्धा अबेर रातिसम्म छोरासँग कुराकानी गरेर बसेको बिहान उठ्ने बित्तकै मृत अवस्थामा भेटेको स्थानीयहरुले बताएका छन्। कुकुर प्रयोग गरेर यो घटनालाई सुस्म रुपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

The post मातातीर्थ औसीको दिन बिहानै वृद्धाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95666/