माछापुच्छ्रे बैंकले हासिल गर्यो नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन ७ को उपाधि

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन ७ को उपाधि  हासिल गरेको छ । बैंकले मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै उपाधि हासिल गरेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । बैंकको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

बैंकले आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरेट टुर्नामेन्टहरूमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आइरहेको छ ।

Source : https://arthasarokar.com/2024/05/machhapuchhre-bank-20.html