जगतस्थित तातोपानी कुण्डको स्तरोन्नतिसँगै पर्यटकीय गन्तव्य बन्ने आशा

लमजुङ । लमजुङको उत्तरी क्षेत्रेको जगत स्थित तातोपानी कुण्डको स्तरोन्नतिसँगै पर्यटकीय गन्तव्यबन्ने आशागरिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ४ जगत स्थित तातोपानी कुण्डको स्तरोन्नतिगरिएको हो ।

विश्वकै ख्यातिप्राप्तदशपर्यटकीय पदमार्गमध्ये एक रहेको अन्नपूर्ण चक्रीयपदमार्गको रुपमा रहेको बेसीशहर– चामे– थोराङ– मुक्तिनाथपदयात्राको वगलमै रहेको हुँदा सो तातोपानी कुण्डको स्तरोन्नतिका साथपर्यटकीय गन्तव्यबन्ने आशागरिएको सो वडाका अध्यक्षबलबहादुर गुरुङले बताए । उनकाअनुसार अन्नपूर्ण चक्रीयपदमार्गको जगत बजारबाट ५ मिनेटको दुरीमा मस्र्याङदी नदीकिनारमा सो तातोपानी कुण्ड पर्छ ।

उनले भने, ‘यो कुण्डमा गएर शरीर डुबाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी धेरै रोगहरू निको हुने जनविश्वास रहेको छ ।’ विशेषगरी जाडो याममा यो कुण्डमा नुहाउनअर्थात डुबुल्की मार्न आउनेहरूको भीड लाग्ने गर्दछ वडा अध्यक्ष गुरुङले भने । उनकाअनुसार तातोपानीको मुहानको पानीको तापक्रम ५८ डिग्री सेल्सियस छ । त्यो पानीपोखरीमाआइपुग्दा ५२ डिग्री सिल्सियसमा झर्छ ।

तातोपानी कुण्डमा नुहाउँदा छाला सम्बन्धी रोगहरू, बाथतथा हाडजोर्नीका रोगहरू निको हुने जनविश्वास रहेको छ । स्थानीयगाउँलेहरूले तातोपानी कुण्डमा नुहाउन मस्र्याङ्दी गाउँपालिकाकाअतिरिक्त बेसीसहर, सुन्दरबजार, राइनास, दोर्दी गाउँपालिका तथा मनाङ सहितबाहिरी जिल्लाका मानिसहरू पनि आउने गर्छन् ।

चक्रीय अन्नपूर्ण पदमार्गमाआउने पर्यटकहरूले पनिथाहापाएसम्मतातोपानी कुण्डमा पुगेर नुहाउने गरिआएका वडाध्यक्ष गुरुङले बताए । उनकाअनुसार जगतको तातोपानी कुण्डमा यसअघि २ वटा पोखरी थिए । दुवैमा एक पटकमा १५ देखि २० जनासम्मले नुहाउने गर्दथे । तीपोखरी पनि २०६८ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ५० हजार रुपैयाँअनुदान र गाउँलेको श्रमदानमा एउटा पोखरी निर्माण गरिएको थियो त्यसमा संविधानसभाका सदस्यजमीन्द्रमान घलेको सांसद कोषको २ लाख रुपैयाँप्राप्तभएको बजेटबाट अर्को पोखरी थपगरिएको हो ।

सो ठाउँमा पछि पर्यटन बोर्डको ५ लाख रुपैयाँ बजेट र स्थानीयले श्रमदान गरी आरामगर्ने ठाउँ, लुगा फेर्ने ठाउँ र पुरुषमहिलाको शौचालयनिर्माण गरिएको थियो । २ वर्षअघि गाउँपालिकाको डेढलाख रुपैयाँ बजेटले च्याम्बर र दुई वटा धारा बनाइएको थियो । त्यसअघि गाउँपालिकाकै ३ लाख रुपैयाँ बजेटले रेलिङ हाल्नुका साथै पोखरीमाआउने जानेहरुको सहजताकालागि बाटोमा सिँढी निर्माण गर्ने कामभएको थियो वडाध्यक्ष गुरुङले भने ।

अहिले चालु आर्थिक बर्ष २०८०÷८१ माकूल २२ लाख २४ हजार ३८० रुपैयाँको लागतमातातोपानी कुण्डको स्तरोन्नतिगरिएको उनले जानकारी दिए । उनकाअनुसार गाउँपालिकाको बजेटबाट १४ लाख रुपैयाँबिनियोजन गरी तातोपानी कुण्डको स्तरोन्नीको कामगरिएको हो । उनले भने, ‘सो कार्यकालागि संघ सरकारको पर्यटन तथा भौतिक पूर्वाधार मन्त्रालयबाट यस कार्यकालागि ६ लाख रुपैयाँ प्राप्त भएको थियो ।’ तातोपानी कुण्डको स्तरोन्नतिको कार्यमा स्थानीयबासीन्दाहरूले २ लाख २४ हजार ३८० रुपैयाँ बराबरको जनश्रमदान गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

उक्ततातोपानी कुण्डको पानीमाऔषधीय गुण रहेको पाइएकाले तातोपानी कुण्डलाई थपब्यवस्थितबनाई त्यस क्षेत्रको विकास गरी स्थानीय क्षेत्रलाई पर्यटकीय गन्तव्यबनाउनगाउँपालिकाले पहल गरीरहेको मस्र्याङ्दी गाउँपालिकाकाअध्यक्षअर्जुन गुरुङले बताए । उनकाअनुसार त्यस ठाउँमा तातोपानीको श्रोत पर्यप्त रहेको र त्यहाँको पानीतातो र औषधीय गुणसमेत भएकाले त्यस ठाउँलाई थपव्यवस्थितबनाएर पर्यटकीय गन्तव्यको रुपमाविकास गर्न लागिएको हो । उनले भने, ‘विगतमा त्यस तातोपानी कुण्डमा एक पटकमा ५– ७जनाले मात्रनुहाउन सक्ने स्थिति थियो तर यतिबेलाभने एकै पटक धेरै जनाले डुबुल्की लगाउन सक्ने गरी विस्तारित गरिएको छ ।’

सो कुण्डमा चैत– बैशाख र कार्तिकमानुहाउनेहरूको बढी भीड लाग्ने गर्दछ । त्यस्तै, शनिबार र बिदाकादिनमापनि बढी नै भीड लाग्ने हुन्छ वडाध्यक्ष गुरुङ बताउँछन् । ‘सरकार र विभिन्न संघसंस्थाको सहयोगमाहामीले तातोपानीको संरक्षण संवद्र्धन गरेका छौं । तर, पुग्दो बजेट नहुँदा एक खालको अलपत्र जस्तो, व्यवस्थापननभएको जस्तो, जीर्ण जस्तो अवस्थामातातोपानी कुण्ड छ,’ उनले भने, ‘संघीय सरकारले दिने ६ लाखपनिथोरै हो ।’

यसपटकको बजेटले एउटा ठूलो पोखरी निर्माण गर्ने, पिकनिक स्पट निर्माण गर्ने र यसअघिको संरचनालाई थपव्यवस्थितगरिने योजना रहेको छ, त्यसपछि पर्यटकीय गन्तव्यका रुपमा यो टाउँ विकसितहुने विश्वास गाउँपालिकाले लिएको छ ।

यस अघि दुईवटा पोखरी रहेकोमाअहिले थप ५ वटा पोखरी बनाइएको उनले जानकारी दिए । धेरै मान्छेले एकैचोटी नुहाउन÷बस्नमिल्ने गरी तातोपानी कुण्डको विस्तार गरिएको उनले उल्लेख गरे । विस्तारित योजनाअनुसार यहाँआउने पर्यटक तथापाहुनाहरूकालागिनुहाउने समयमा कपडा फेर्नकालागि चेन्जिङ रुम, नुहाउनधाराको समेत ब्यवस्थागरिएको छ । उनले भने ‘आउँदादिनमाउक्त ठाउँलाई पिकनिक स्पट र पार्क सहितको ब्यवस्थिततातोपानी कुण्ड निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमाविकसितगर्ने योजनागाउँपालिकाको छ ।’

यस वर्ष अघिसम्म सोहीनगरपालिका– ६ को बाहुनडाँडा स्थित मस्र्याङदी नदीकिनारमा रहेको तातोपानी कुण्ड निकै प्रख्यातथियो । २०७२ सालमाआएको भूकम्पले त्यो कुण्ड लोप भयो । त्यसपछि सोहीपालिका– ४ को जगतमा रहेको उक्त कुण्ड चम्किनथालेको हो । बाहुनडाँडाको जस्तै पोशिलो कुण्ड नभए पनि काम चलाउ हिसाबमा र बाहुनडाँडा आउने वा आउन चाहनेका लागि जगतको कुण्डले तिर्सना मेट्ने गरेको वगतको छिमेकी गाउँखानी गाउँनिवासी स्थानीय समाजसेवी काम सार्की गुरुङले बताए ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने यो तातोपानीलमजुङ सदरमुकाम बेसीसहरबाट २५ किलोमिटर दुरी उत्तरतर्फ पर्छ । मोटरसाइकलमा २ घण्टा र जिपमा साँढे २ घण्टामा पुग्न सकिने उक्त ठाउँमा बास बस्न होटलहरुको व्यवस्था छ ।

The post जगतस्थित तातोपानी कुण्डको स्तरोन्नतिसँगै पर्यटकीय गन्तव्य बन्ने आशा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95660/