च्याम्पियन्स लिग : फाइनलमा पुग्न रियल मड्रिड र बार्यन म्युनिख खेल्दै

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेगमा आज राति स्पेनी क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिख खेल्दैछन् । यो खेलमा राति पौने १ बजे रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउ स्टेडियममा हुनेछ । यसअघि बार्यनको घरेलु मैदान एलिनाज एरिनामा भएको सेमिफाइनलको पहिलो लेगमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । क्वार्टरफाइनलमा रियल मड्रिडले इङ्ग्लिस क्लब म्याचनेस्टर सिटी र बार्यन म्युनिखले अर्काे इङ्ग्लिस क्लब आर्सनललाई हराएर अन्तिम चारमा पुगेका हुन् । च्याम्पियन्स लिगमा रियल मड्रि...

Source : https://ujyaaloonline.com/story/101562/2024/5/8/real-and-bayern-playing-to-reach-the-ucl-final