काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ